यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड

प्रकाशित:

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाए । उनले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताए ।

उनले भने, ‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्नेकुरा मैले गम्भीर रूपले पाल्र्यामेण्टमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै । अप्राकृतिक भएकाले अब यो चल्दैन ।’

अध्यक्ष प्रचण्डले बैठकमा समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउनेबारेमा छलफल भएको र समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने जानकारी दिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार