कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सालघारीकै २४ वर्षीया जतिन थापा र २४ वर्षीय कमल चन्द रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार उनीहरुको साथबाट ०.५५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको हो।
दुवै जनालाई लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।