कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र भीमदत्त नगरपालिका–६ ऐठपुरबाट ३ लाख २ हजार १५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
भारतबाट भन्सार छलिगरि ल्याइएको सुटपिस, भेष्ट, थान कपडा, कालो मरीच, फुटबल सुज लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बरामद गरिएको अवैध सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको हो।