बुधबार दिउँसो पौने २ बजेतिर बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
लु।प्र २००१–ख ००४४ नम्बरको बसको ठक्करबाट अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बताए।मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
अहिले बसपार्कमा मानिसहरूको बाक्लो भिड जम्मा भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक बिनोद खत्रीले बताए।
भेला भएका मानिसहरूलाई सम्झाइ बझाइ गर्दै प्रहरीले माहोल शान्त पार्दै लगेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए।
ठक्कर दिने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।
बस त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको रहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ