महेन्द्रनगर ।कञ्चनपुर, भिमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ५३ वर्षीय कृष्ण देब पन्तलाई जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।११।१६ गतेको फैसलामा सवारी ज्यान मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको थियो।
उक्त फैसलाको कार्यान्वयनको सिलसिलामा, पन्तलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।२३ गते पक्राउ गरेको हो।