भीम रावलमाथिको कारबाहीको विरुद्धमा २ केन्द्रीय सदस्य, एमाले बैठकमा गरे पुनर्विचारको आग्रह

प्रकाशित:

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

आइतबार शुरु भएको केन्द्रीय कमिटी बैठकले रावलको निष्कासन र अन्य २ नेतामाथिको निलम्बन कारबाही अनुमोदन गरेको हो ।

आइतबार बैठकमा बोलेका २७ केन्द्रीय सदस्यमध्ये २ जनाले मात्र रावलमाथिको कारबाही पुनर्विचार गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

बैठकमा बोल्नेमध्ये केन्द्रीय सदस्य प्रकाश शाह र झपट रावलले कारबाहीले भीम रावललाई भन्दा पनि पार्टीलाई क्षति भएको बताए ।

शाहले पार्टी सभापतिमा हारेका व्यक्तिलाई कांग्रेसमा शेरबहादुर देउवाले राष्ट्रपति बनाएको उदाहरण दिँदै भीम रावलमाथिको निष्कासन पुनर्विचार गर्न आग्रह गरे ।

त्यस्तै झपट रावलले पार्टीमा रावलमाथिको कारबाहीको असर देखिन थालेको बताएका थिए । अन्य सदस्यहरुले भने रावलमाथिको कारबाहीबारे प्रश्न उठाएनन् ।

अछामबाटै प्रतिनिधित्व गर्ने सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले भने रावलले निष्कासनलगत्तै गैरकम्युनिष्ट पार्टीको अभ्यास र राजावादीहरुसँग छलफल थालेकाले उनी जस्ता मान्छे कम्युनिष्ट पार्टीमा कसरी नेतृत्वमा पुगे भन्ने प्रश्न उठेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार