यो नयाँ वर्ष हामीलाई स्वीकार छैन

प्रकाशित:

🖋️मदन खडायत

यो नयाँ वर्ष हामीलाई स्वीकार छैन,
यो हाम्रो चाडपर्व होइन।
यो हाम्रो परम्परा होइन,
यो हाम्रो आचरण होइन।

धरती सुतिरहेको छ जाडोले,
आकाश कुहिरोले छोपिएको छ।
हावा हिउँको सिरेटोसँग,
सूर्यको ताप कमजोर छ।

सुनसान छ प्रकृतिको आँगन,
रङ्ग छैन, उत्साह छैन।
हरेक ठाउँ चिसोले ग्रस्त छ,
नयाँ वर्षको कुनै सजावट छैन।

वैशाख महिनाको प्रतिक्षा गर,
तिम्रो मनमा नयाँ सोच राख।
नयाँ वर्ष भन्न कुनै तर्क छ भने,
त्यसलाई बुझ्ने प्रयास गर।

प्रकृतिको उल्लास जाग्दैन,
जबसम्म फुल्दैन वसन्त ऋतु।
प्रकृतिको स्वरूप निखारिदेऊ,
फागुनको रङ्ग फैलिनदेऊ।

प्रकृति दुलही जस्तै सिंगारिनेछ,
जब प्रेम – ममता भर्नेछ।
शरद – वसन्तले धर्ती सजाउनेछन्,
घर-घर खुसीले भरिनेछ।

त्यसपछि वैशाख संक्रान्ति,
नयाँ वर्ष मनाइनेछ।
नेपालको पवित्र भूमि,
जसको गौरव गाइनेछ।

यथार्थ र प्रमाणले पुष्टि गर्नेछन्,
त्यो नयाँ वर्ष हामीलाई गौरवमय हुनेछ।
सनातन सभ्यता र संस्कृतिको,
गर्वको प्रतीक बन्नेछ।

अमूल्य सम्पदाको धनीहरूलाई,
अरूबाट कुनै ऋण चाहिँदैन।

त्यसैले, यो नयाँ वर्ष स्वीकार छैन,
यो हाम्रो पर्व होइन।
यो हाम्रो परम्परा होइन,
यो हाम्रो आचरण होइन।

ताजा समाचार

सम्बन्धित समाचार