काठमाडौँ। एकतालाई टुंगो लगाउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बुधबार दिउँसो भएको वार्ता सकारात्मक भएको छ ।
नेकपा एसको कार्यालय आलोकनगरमा भएको वार्तामा एकता गर्ने विषय लगभग टुंगो लागेको छ ।
गौतम नेकपा एसमा तेस्रो वरीयताका वरिष्ठ नेता हुने सहमति पनि जुटेको छ । तर वामदेवको पार्टीका अन्य नेताहरूको भूमिकाबारे भने टुंगो लगाउन बाँकी रहेको छ । यसका लागि फेरि निर्णायक वार्ता हुने जनानइएको छ । गौतमले भनेका छन्, ‘माधव जी र म एकजुट हुने भइयो ।’
छलफलमा एकता राष्ट्रिय अभियानका तर्फबाट वामदेव एक्लै छन् भने एसबाट अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाललगायत सहभागी थिए ।