१६ लाखको दिलखुस बिडी प्रहरीले समात्यो

प्रकाशित:

कञ्चनपुर। बैतडीमा १६ लाख १६ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

सुर्नया गाउँपालिका–६ सतबाज शंकरपुर खडकखण्डमा से १ ज २४१ नम्बरको जीपलाई जाँच गर्दा अवैध सामान भेटियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएको १६ लाख १६ हजार रुपैयाँ बराबरको दिलखुस नामक १६ पेटी बिडी बरामद गरिएको हो।

प्रहरीका अनुसार जीप चालक बैतडी सुर्नया गाउँपालिका–२ का २१ वर्षीय हरीष बिष्ट नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार