कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय किशोर र २४ वर्षीय विमल विष्ट रहेका छन्।
म १ प ७०४४ नम्बरको मोटरसाइकल चलाइरहेका १८ वर्षीय किशोरको साथबाट १.८८ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार बिष्टलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।