कञ्चनपुरमा ६ लाख बढीको अवैध युरियासहितको सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा ६ लाख ७७ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका ६ ऐठपुर, बेलौरी नगरपालिका १ बैशाखी, बेलौरी नगरपालिका ६ भुराकोट र बेलौरी नगरपालिका ७ पौलाहबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याउन लागिएको युरिया मल, कुर्सी, ट्रयाक, ट्रयाकसुट, सट लगायत सामान बरामद गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार