पिकनिक गएका भीमदत्त नगरका २६ वर्षीय युवकको मृत्यु

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा मंगलबार पिकनिक खान गएका एक युवकको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम विष्टको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मंगलबार दिउँसो भीमदत्त नगरको चुरे क्षेत्र खन्या खोलामा चिप्लिएर मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।

विष्टसंगै उनकै आफन्त नाता पर्ने अरु ३ जना पनि पिकनिक गएका थिए। प्रहरीका अनुसार खोलाबाट माथि चुरे उक्लिँदा चिप्लिएर विष्टको मृत्यु भएको प्रारम्भिक जानकारी छ।

विष्टलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले बेलुकी ६ बजे मृत घोषित गरेका थिए।

उनको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार