अब पार्टीभित्र सबैलाई न्याय हुन्छः डा. कोइराला

प्रकाशित:

कञ्चनपुर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र अन्याय नहुने बताएका छन्।

धनगढीमा सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे उनले भने, अब पार्टीभित्र अन्याय हुदैन्। न्याय हुन्छ। त्यसको जिम्मा मैले लिन्छुँ।’

उनले आफू सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका बताए।

‘बिगतमा तपाईहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन् । तपाईहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिबेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ,’ कोइराला भने ।

ताजा समाचार

सम्बन्धित समाचार