कञ्चनपुर। कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–४ सञ्चयकोष कार्यालय नजिकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका घर भइ हाल धनगढी उपमहानगरपालिका–४ का २५ वर्षीय हेमन्त कार्की र बझाङको केदारस्युँ गाउँपालिका–२ घर भइ हाल धनगढी उपमहानगरपालिका–२ का २० वर्षीय पारस रावल छन्।

उनीहरुको साथबाट ३२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।