कञ्चनपुर। निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सन पुनर्वास नगर अध्यक्षमा नरेन्द्र प्रसाद गौतम चयन भएका छन् ।
प्याब्सन पुनर्वास नगर समितिको बुधबार सम्पन्न छैठौ वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशनमा गौतमाको अध्यक्षतामा नगर समिति चयन गरिएको छ।
समितिको उपाध्यक्षमा किशोर कुमार तामाङ्ग, सचिव नरेन्द्र प्रेमी, कोषाध्य हेम बहादुर थापा, सदस्यहरुमा सुरेश अधिकारी, सुरज कुमार नकर्मि, भजनु राना चयन गरिएका छन्।
प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको प्रमुख आतिथ्यमा नगर अधिवेशन उद्घाटन समारोह गरिएको छ। उद्घाटन समारोहपछि बन्द सत्र गरी निर्वाचन प्रक्रियाबाट अध्यक्षमा गौतम निर्विरोध गरिएका हुन्।
प्याब्सन पुनर्वासका निवर्तमान अध्यक्ष बालकृष्ण ढकालको अध्यतामा गरिएको कार्यक्रममा प्याब्सन सुदूरपश्चिम प्रदेश सदस्य राजेन्द्र अधिकारी, प्याब्सन कञ्चनपुरका सल्लाहकार विश्व नाथ विष्ट, जिला सचिव राकेश बहादुर चन्द, सह कोषाध्यक्ष अक्कल रोकाया विशिष्ठ अतिथि थिए।
करन खडकाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नगर सचिव पुष्प राज ओझाले गरे।