सुदूर पहाडमा हिमपात, ह्वात्तै बढ्यो चिसो

प्रकाशित:

कञ्चनपुर। सुदूरपश्चिमको पहाडी क्षेत्रमा हिमपात भएको छ।

आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुला, अछामलगायत क्षेत्रमा हिमपा भएको छ।

दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाको तिङ्कर लगायत जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको छ। हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रमा चिसो ह्वात्तै बढेको छ।

ताजा समाचार

सम्बन्धित समाचार