भीमदत्त नगरमा ब्राउन सुगरसहित पक्राउ परे तीन युवक

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका नगरपालिका–३ भाँसीका ३० वर्षीय टेकराज जोशीलाई प्रहरीले ०.१४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

भीमदत्त नगरपालिका–६ त्रिवेणी चोकबाट लागुऔषध खैरो हेरोइनसहित दुई युवत्र पक्राउ परे। पक्राउ पर्ने सोही ठाउँका २३ वर्षीय राहुल डगौँरा र २५ वर्षीय सञ्जु डगौँरा रहेका छन्।

उनीहरुको साथमा ०.३८ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार