एनपीएलमा सुदूरपश्चिम र विराटनगर भिड्दै, अर्को खेलमा को को ?

प्रकाशित:

काठमाडौँ। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज  पनि दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने आजको पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

सुदूरपश्चिमले एनपीएल यात्रा सुरु गर्न लागेको हो भने पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित विराटनगर भने पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ।

यस्तै दिउँसो १ बजे सुरु हुने आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्।

पोखराले एनपीएलमा पहिलो खेल खेल्न लागेको हो भने चितवन लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिन लागेको हो।

यसअघि सोमबार मात्र चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको हो। सोमबारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हराएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार