वडाध्यक्षमा निर्वाचित भएपछि प्रकाश चन्द भन्छन: महेन्द्र खड्काले सुरु गरेका योजना पूरा गर्छुँ [भिडिओ]

प्रकाशित:

कञ्चनपुर। भीमदत्त नगरपालिका–६ का नवनिर्वाचित अध्यक्ष प्रकाश चन्दले दिवंगत वडाध्यक्ष महेन्द्र खड्काका प्रतिवद्धता पूरा गर्ने बताएका छन्।

खड्काले चालु गरेका योजनालाई पहिलो चरणमा पूरा गर्ने उनले बताए। नेपाली कांग्रेसले सोमबार विजयी जुलुस पनि निकालेको थियो।

-यालीपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वडाध्यक्ष चन्दले दिवंगत वडाध्यक्ष खड्काले सुरु गरेका योजना पूरा गर्ने बताएका हुन।

निर्वाचित गरेमा उनले वडाबासीलाई धन्यवाद समेत व्यक्त गरे। कांग्रेसका चन्द डुबानको समस्या समाधान, अव्यवस्थित विद्युत पोल व्यवस्थित, शिक्षा, स्वास्थ्य लगायत १२ वुद्धे प्रतिवद्धतासहित चुनावमा होमिएका थिए।

नेकपा एमालेका बहादुर चन्दलाई फराकिलो मतान्तरले हराउँदै कांग्रेसका प्रकाश वडाध्यक्ष बनेका हुन।

भिडिओ

ताजा समाचार

सम्बन्धित समाचार