दोधारा चाँदनीमा ‘बाघ’को आक्रमण, भागेर जोगिए

प्रकाशित:

कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका- २ मा बाघको आक्रमणले एक जना घाइते भएका छन्।

स्थानीय शेरसिंह साउँदलाई बाघले आक्रमण गरेको हो।

खेतबारीमा काम गरिरहेको अवस्थामा बाघले आक्रमण गरेको उनले बताए । झम्टिन आएपछि हँसिया प्रहार गरेर भागेर बाचेको उनको भनाइ छ।

उनको हात र मुखमा चोट छ। दोधारा चाँदनी अस्पतालमा उपचारपछि घाइतेलाई अहिले थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार