बाजुराको स्वामिकार्तिक खापर उपाध्यक्षमा एमालेको जित

प्रकाशित:

कञ्चनपुर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढाले जितेकी छन्।

उनले १ हजार ७४० मत पाउँदा नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले १ हजार ४७४ मत पाइन्।

२६६ मत अन्तरले सुलोचनाले जित हात पारेकी हुन्।

नेकपा एसकी जवा शाहीले ५५३ मत ल्याइन्।

यसअघि नेपाली कांग्रेसले जितेको पद यसपालि एमालेले खोसेको हो।

०७९ को स्थानीय तह चुनावमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको ०८० माघ ३ मा निधन भएपछि यहाँ उपचुनाव भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार