सुदूरपश्चिमका ५ स्थानमा ५७ प्रतिशत मत खस्यो, केही स्थानमा आजै गणनाको तयारी

प्रकाशित:

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका ५ स्थानमा उपचुनावअन्तर्गत आइतबार मतदान सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार निर्धारित समयमा ५७ प्रतिशत मत खसेको छ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, बझाङको सुर्मा गाउँपालिका–४, दार्चुलाको दुहँ गाउँपालिका–५, डोटीको पूर्वीचौकी गाउँपालिका–६ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा शान्तिपूर्वक मतदान सम्पन्न भएको हो।

प्रदेका ५ स्थानमा १७ हजार ३ सय १३ मतदाता थिए। तीमध्ये ५७ प्रतिशत अर्थात् ९ हजार ७ सय ८८ जनाले मत खसालेका छन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि सम्पन्न मतदानमा ३ हजार ९ सय ३ मत खसेका छन्।

बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार १ सय ७८ मत, दार्चुलाको दुहुँ गाउँपालिका–५ मा ८ सय ७७ मत, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा ८ सय ३९ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा २ हजार ९ सय ९१ मत खसेको छ।

मतदान सम्पन्न भएकाले सर्वदलीय बैठक बसेर गणनाको टुंगो लाग्ने छ। कञ्चनपुर, दार्चुला, डोटी र बझाङमा आजै मत गणना हुने सम्भावना छ।

ताजा समाचार

सम्बन्धित समाचार