कञ्चनपुरको भीमदत्त नगरमा धारिलो हतियार प्रहार गरेर श्रीमानले गरे श्रीमतीको हत्या

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा धारिलो हतियार प्रहार गरेर श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

स्थानीय ४९ वर्षीय नरेन्द्र विष्टले शनिबार बेलुकी घरायसी विवादमा श्रीमती ३० वर्षीया ज्योती विष्टको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले घरसायी विवादमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गर्ने नरेन्द्रलाई नियन्त्रणमा लिइएको छ।

हत्या आरोपी विष्ट प्रहरीका पूर्व असई हुन। उनले जेठी श्रीमतीको निधन भएपछि ज्योतीसँग दोस्रो बिहे गरेका थिए।

बिहिबार मात्रै बेलौरी नगरपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार