कञ्चनपुर। जिप दुर्घटनामा गम्भीर घाइते भएका डडेल्धुराको परशुराम नगरपालिका–११ सलेताका ३० वर्षीय डम्मर धामीको मृत्यु भएको छ।
दैजी–जोगबूढा सडकखण्डअन्तर्गत परशुराम नगरपालिका–९ मा भएको जिप दुर्घटनामा परेर धामी गम्भीर घाइते भएका थिए।
उनको निर्सग हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ। उनी इन्जिनियर थिए।
मंसिर ४ गते परशुराम–९ नौलास्थित दैजी–जोगबुढामा जिप दुर्घटना हुँदा दुई महिलाको घटनास्थलमै ज्यान गएको थियो।