महेन्द्रनगर । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रचारप्रसारको अन्तिम दिन आज हो। निर्वाचन आयोगका अनुसार आज राति १२ बजेदेखि मौन अवधि लागू हुनेछ, जसपछि कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले प्रचारप्रसार गर्न पाउँदैनन्।
मतदानको ४८ घण्टाअगाडि निषेधित अवधि सुरु हुने व्यवस्था रहेको छ। यस अवधिमा कुनै पनि प्रचार प्रसार गर्न नपाइने छ। निर्वाचनमा १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्थापना गरिएको छ, जहाँ २ लाख २६ हजार ७९९ मतदाता मतदान गर्नेछन्।
निर्वाचनमा ४१० उम्मेदवारको मनोनयन दर्ता भएको थियो, जसमा २८९ जना राजनीतिक दलका र १२१ जना स्वतन्त्र उम्मेदवार छन्। ३१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए। रिक्त रहेका ४४ पदमा मतदान हुने छ, जसमा जिल्लास्तरीय समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको समावेश छ।