फोन मार्फत गुप्त एजेन्ट भएको झुटो दाबी गरेर रकम माग गर्ने डाक्टर पक्राउ

प्रकाशित:

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमा आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको दाबी गर्दै विभिन्न व्यक्तिहरूसँग रकम माग गर्ने डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा. आशिष दाहाल रहेका छन्।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, दाहालले काठमाडौं उपत्यका भित्रका विभिन्न व्यक्तिहरूसँग आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट भएको भन्दै हत्या गरिदिने धम्की दिँदै ५० हजारदेखि २ लाखसम्म रकम मागेका थिए। उनलाई काठमाडौंको शङ्खमुलबाट पक्राउ गरिएको हो।

पक्राउ परेका दाहाललाई थप अनुसन्धान र कारवाहीका लागि भद्रकाली प्रहरी परिसर पठाइएको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार