उपचुनावमा सुदूरपश्चिमबाट काँग्रेसको विजयी सुरुआत, जिसस कैलालीको प्रमुख बनिन् चौधरी

प्रकाशित:

कञ्चनपुर। जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएको जानकारी दिए । बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।

नाउपाका नेता लक्ष्मण किशोर चौधरीसहित कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा नाउपाकी रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

भुल २०७९ मा भएको निर्वाचनमा कैलारी गाउँपालिका–२ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।टीकाकुमारीले सत्तारूढ दल नेकपा एमालेको समर्थनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् ।

यसअघि जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका पदमबहादुर कलेलको २३ पुस २०७९ निधन भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार