नेकपा एमाले शुक्लाफाँटा नगरको अध्यक्षमा धिरेन्द्र साउद निर्वाचित

प्रकाशित:

कञ्चनपुर। नेकपा एमाले शुक्लाफाँटा नगरको अध्यक्षमा धिरेन्द्र साउद निर्वाचित भएका छन । एमाले शुक्लाफाँटा नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा साउद निर्वाचित भएका हुन ।

सहमती हुन नसकेपछि एमाले शुक्लाफाँटा नगर चुनावमै होमिएको छ । मुख्य निर्वाचन अधिकृत जनक बहादुर विष्टद्वारा जारी गरिएको मत परिमाण अनुरुप साउदले आफ्ना निकटतप्रतिद्वन्द्वी ज्ञानेन्द्र प्रशाद जोशीलाई ७ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । साउदले ५२ र जोशीले ४५ मत ल्याएका थिए ।

उपाध्यक्षमा बीर बहादुर बोहरा निर्वाचित भएका छन । बोहराले आफ्ना निकटतप्रतिद्वन्द्वी मोनिका भण्डारी(भट्ट)लाई ३८भारी मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । बोहराले ६७ र मोनिकाले २९ मत ल्याएका छन ।

सचिवमा प्रमानन्द जोशी निर्वाचित भएका छन । जोशीले आफ्ना निकटतमप्रतिद्वन्द्वी दिपेन्द्र कुमार भण्डारीलाई १८ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । जोशीले ५८ र भण्डारीले ४० मत ल्याएका छन ।

उप सचिवमा अञ्जना चौधरी ६२, कमला विक ५९ मतका साथ निर्वाचित भएका छन । उप सचिवमा बाले राना ३७ र माया ओडले ३५ मत ल्याएका छन । १०१ खसेका मत मध्ये १ म बदर भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार