दार्चुला दुहुँ गाउँपालिकाले प्रशासकीय भवन निर्माणको ठेक्का रद्द

प्रकाशित:

दार्चुला ।  दार्चुलाको दुहुँ गाउँपालिकाले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि गरिएको ठेक्का रद्द गर्ने निर्णय गरेको छ। भवन निर्माण समयमै पूरा नगरेको कारण गाउँपालिकाले उक्त ठेक्का रद्द गर्न बाध्य भएको हो।

वाइआर कन्स्ट्रक्सन प्रालीसँग २०७६/७७ आर्थिक वर्षमा सम्झौता गरेर भवन निर्माण शुरु गरिएको थियो। तर, ठेकेदारले लामो समयदेखि काममा चासो नदिँदा र बिना कुनै सूचना काम छोड्दा, कार्यपालिका बैठकको निर्णयमा ठेक्का रद्द गर्ने कदम उठाइएको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीका अनुसार, कात्तिक ५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा ७ र ८ का आधारमा ठेक्का रद्द गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार