कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० पुर्णागिरी टोलमा आगलागी भएको छ।
स्थानीय दिलिप सेरलाको जस्ता पाताले छाएको गोठमा किरा भगाउन बालेको आगोबाट आगलागी भएको हो।
आगलागीबाट गोठमा बाँधेको एउटा भैसी र एउटा पाडोको जलेर १ मृत्यु भएको प्रहरीले जनाएको छ।
गोठभित्र रहेको अन्य भुसा, काठ लगायतका सामानहरु गरी अन्दाजी तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।