कञ्चनपुर। कैलालीको धनगढीमा होटलको जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ।
धनगढी उपमहानगरपालिका–३, विशालनगरस्थित होटेल सिद्धार्थ प्रालिले निर्माण गर्न लागेको भवनको जग खन्ने क्रममा शुक्रबार शंकास्पद वस्तु देखिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार, उक्त वस्तु देखिएपछि प्रहरी टोलीले स्थानलाई सुरक्षित राख्दै सेनालाई खबर गरेको थियो।
शनिबार दिउँसो सेना अन्तर्गतको बम डिस्पोजल युनिट आइपुगेर शंकास्पद वस्तुलाई डिस्पोज गरेको डिएसपी बोहराले जानकारी दिए।
डिएसपी बोहराका अनुसार, शंकास्पद वस्तु सकेट बमजस्तो देखिएको थियो।