एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावित परिवारलाई पुनर्लाभका लागि आईएमईमार्फत् नगद सहयोग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित घर परिवारलाई शीघ्र पुनर्लाभका लागि आईएमई मार्फत् नगद सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए० र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको समन्यवमा आंशिक क्षति भएका ५ सय ५७ परिवारलाई प्रति परिवार रू ४ हजार ५ सय गरि झण्डै २५ लाख नगद सहयोग गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए० सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले गत असार २२ देखि २४ गते तथा भदौ २७ र २८ गते परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित भएका दोधारा चाँदनी नगरपालिकाका ५ सय ५७ घरपरिवारलाई प्रति परिवार रू ४ हजार ५ सय सहयोग गरिएको बताउनुभयो। उहाँले बाढीले स्थानीयबासीको अन्नपात तथा पशुचौपायामा भएको क्षतिको पुनर्लाभको लागि सहयोग गरिएको बताउनुभयो। उहाँले यसअघि असारको बाढी प्रभावितहरूलाई एक साता भित्रमा पूर्ण क्षति भएका ८५ घर परिवारलाई रू ७ हजार ५ सय नगद सहयोग गरिएको बताउनुभयो। उहाँले बाढी पूर्वतयारीका लागि विपद् व्यवस्थापन समितिहरूलाई सामुहिक नगद सहायता साथै कृषक समुहहरूलाई पनि सहयोग गरिएको बताउनुभयो।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बाढी प्रभावितहरूको दैनिकी सञ्चालनमा समस्या नपरोस् भन्ने उद्देश्यले विभिन्न गैरसरकारी संस्थाहरूसँग समन्वय गरि प्रभावितहरूलाई सहयोग गर्दै आएको बताउनुभयो। उहाँले विपद्को बेला सहयोग गर्ने नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए० लगायताका संस्थाहरूलाई धन्यवाद दिनुभयो।

गत असार २२ देखि २४ गते तथा भदौ २७ र २८ गते परेको अविरल वर्षासँगै आएको बाढीबाट कञ्चनपुर जिल्लाका धेरै परिवारहरू प्रभावित भएका छन्। विशेषगरी महाकाली, जोगबुढा, दोधा तथा चौधर नदि तटिय क्षेत्रका बासिन्दाहरूले ठूलो क्षति बेहर्नु परेको छ। एनएनएसडब्ल्यूएले बाढी प्रभावितहरूलाई अत्यावश्यक सामग्री तथा खाद्य सामग्री, शैक्षिक सामग्री साथै बहु प्रयोजनका लागि नगद निरन्तर रूपमा सहयोग गर्दै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार