रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ। उनलाई सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरिएको थियो।

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय आज सकिएको छ।

कास्कीका एसपी श्यामबावु ओलियाले दोस्रोपटक म्याद लिने प्रक्रिया भइरहेको जानकारी दिएका छन्।

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए। यस घटनामा पूर्व डीआईजी छविलाल जोशी पनि समावेश भएका छन्।