छविलाल जोशीलाई रुपन्देहीबाट पोखरा लैजाने तयारी

प्रकाशित:

बुटवल।  पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लैजाने प्रक्रिया जारी छ। उनलाई सोमबार भैरहवा ल्याइएकी थियो, जहाँ दुई दिनसम्म बयान लिइयो। आज दिउँसो १२:30 बजे बुद्ध एयरमार्फत पोखरा पठाउने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिए अनुसार, जोशीको संलग्नता सूर्यदर्शन सहकारी र बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पनि छ। थप अनुसन्धानका लागि उनलाई कास्कीबाट भैरहवा ल्याइएको हो।

ताजा समाचार

सम्बन्धित समाचार