जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्लामा पुगेका छन्। उनले सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरेका छन्।
यस अघि प्रचण्ड मुगुमा रहेका थिए र त्यहाँका जनतासँग पनि संवाद गरेका थिए। माओवादी केन्द्र जुम्लाका इञ्चार्ज नरेश भण्डारीले जनसभा पश्चात प्रचण्ड काठमाडौँ फर्कने योजना रहेको जानकारी दिए।
प्रचण्डको यस यात्रा र जनसभाले स्थानीय राजनीतिक गतिविधिमा थप उर्जा दिने अपेक्षा गरिएको छ। उनीले पार्टीका योजनाबारे चर्चा गर्ने र स्थानीय मुद्दाहरूमा जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नेछन्।