डोटेली भाषाको र्‍याप गीत ‘पहाडीको छौनो’ सार्वजनिक (भिडियो)

प्रकाशित:

महेन्द्रनगर । ‘पहाडीको छौनो’ बोलको डोटेली भाषाको र्याप गीत सार्वजनिक गरिएको छ । रोहित साउँदको स्वर र शब्दमा ‘रातोतातो स्टेशन’ नाम युट्युब च्यानल मार्फत ‘पहाडीको छौनो’ बोलको सुदूरपश्चिमको मौलिक डोटेली भाषमा र्याप जनराको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको ‘म्युजिक’ भिडियोमा निरज भण्डारी र रोहित साउँद मुख्य भूमिकामा देखिएका छन् । सुरज भण्डारी, सिर्जना धामी लगायतका अन्य कलाकारहरुले पनि उक्त ‘म्युजिक’ भिडियोमा अभिनय गरेका छन् ।

फारवेष्ट स्टुडियो धनगढीमा रेकर्डिङ गरिएको ‘पहाडीको छौनो’ डोटेली र्याप गीतको निर्देशन गायक साउँदले नै गरेका हुन भने दिपक भण्डारी र कमलमानले भिडियोको छायाङ्कन गरेका हुन् ।

झण्डै ५ वर्षदेखि गित संगितको क्षेत्रमा रहेका युवाहरुको टिमले डोटेली भाषाको उक्त र्याप गीत सार्वजनिक गरेका हुन् ।

हेनुहोस् गीत:

ताजा समाचार

सम्बन्धित समाचार