कञ्चनपुर। डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मंगलबार मध्राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोराको छन्।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडीर्फ गइरहेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस खस्रेखानमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ९ जना मध्यम र २ जना सामान्य घाइते छन्।