बसमा सवार २६ वर्षीया निशासँग भेटियो चरेश, सँगै रहेका अर्जुन पनि पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सवारी जाँचको क्रममा से १ ख ११८८ नम्बरको बसमा सवार घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय अर्जुन बिक र गौरीगंगा नगरपालिका–७ की २६ वर्षीया निशा चौधरीसँग चरेश फेला परेको थियो।

चौधरीको साथबाट २०.५० ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार