सुडामा स्कुटर दुर्घटना हुँदा गोबरैयाका भुवनको मृत्यु, चालक खेम घाइते

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुरको सुडामा स्कुटर दुर्घटना हुँदा २३ वर्षिय भुवन भट्टको घटनास्थलमै मृत्यु भएको छ। शनिबार राति स्कुटर दुर्घटना हुँदा चालक २४ वर्षका खेम भट्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको बेदकोट नगरपालिका–७ सुडा स्थित पूर्व–पश्चिम राजमार्गमा राति ९ बजे दुर्घटना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।

उक्त सडक दुर्घटनामा भीमदत्त–१८ गोबरैयाका भुवनको घटनास्थलमै मृत्यु भएको हो । सु.प्र.० १००८प ८० ७७ नम्बरको स्कुटर अनियन्त्रित दुर्घटना भएको डीएसपी जोशीले बताए ।

चालक खेम भट्टको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई धनगढीको निशर्ग अस्पतालमा उपचार भइरहेको छ।
मृतक भुवनको शव महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ।

डीएसपी जोशीका अनुसार मादक पदार्थ सेवन गरेर स्कुटर चलाउदा अनियन्त्रित भई दुर्घटना भएको हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार