बैतडीमा गर्भवती महिलासहित ४ जना सवार एम्बुलेन्स पल्टियो

प्रकाशित:

कञ्चनपुर। बैतडीमा एम्बुलेन्स दुर्घटना भएको छ । बैतडीबाट डडेल्धुरा जाँदै गरेको जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स दुर्घटनामा परेको हो।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका वडा नम्बर –८ खोड्पे नजिकै एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

बैतडीको देहीमाण्डौंबाट एक गर्भवती महिलालाई बोकेर डडेल्धुरा अस्पताल जाँदै गरेको सु प्र प्र ०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार सडक छेउमै पल्टेको जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ ।

एम्बुलेन्समा गभर्वती महिलासहित तीनजना आफन्त पनि सवार रहेका थिए। उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स दुर्घटनामा परेपछि त्यसमा सवार बिरामी र अन्यलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार