कञ्चनपुर। कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ तारानगरका २१ वर्षीय हिमाल शाह छन्।
कैलाली जिल्ला अदालतले चोरी मुद्दामा शाहलाई २३ दिन कैद सजाय र दुई हजार जरिवाना तोक्ने फैसला गरेको थियो।
त्यसपछि फरार शाहलाई जिल्ला प्रहरी कार्याय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको हो।