दोधारा चादँनीमा विपन्न परिवारका वालबालिकालाई न्यानो लुगा सहित ‘स्कुल ब्याग’ वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा विपन्न परिवारका वालबालिकाहरुलाई न्यानो लुगा सहित ‘स्कुल ब्याग’ वितरण गरिएको छ ।मंगलबार समाजसेवी तथा रास्वपा नेतृ चाँदनी ऐरको नेतृत्व एवं ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल नामक संस्थाको पहलमा दोधारा चाँदनी नगर क्षेत्रमा विपन्न परिवारका ३५ जना वालबालिकाहरुलाई न्यानो लुगा सहित ‘स्कुल ब्याग’ वितरण गरिएको हो ।

गत असार अन्तिम साताको बाढीले कञ्चनपुरको दोधारा चाँदनीको सुन्दरनगर, कुतियाकबर लगायतका क्षेत्रमा क्षति पुर्याएको थियो । उक्त बाढीबाट विपन्न परिवार पीडित एवं प्रताडित भएका थिए ।

सोही अवस्थालाई मध्यनजर गर्दै समाजसेवी एवं महिला नेतृ ऐरको पहलमा दाताहरुको सहयोगबाट विद्यालय अध्ययन गर्ने ३५ जना बालबालिकाहरुलाई सहयोग गरिएको ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल संस्थाले जनाएको छ ।

एलजी शेर्पाको विषेश सहयोग र सुरज बिष्ट, प्रवेश केसी लगायतका व्यक्तिहरुको सहयोगबाट दोधारा चाँदनीको सुन्दरनगर, कुतियाकबर लगायत क्षेत्रका विपन्न परिवारका वालबालिकाहरुलाई न्यानो लुगा सहित ‘स्कुल ब्याग’ वितरण गरिएको समाजसेवी ऐरले बताइन् ।

May be an image of 15 people, child, people smiling and tree

ताजा समाचार

सम्बन्धित समाचार