कञ्चनपुरमा झण्डै ४ लाखको अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको विभिन्न ठाउँबाट झण्डै ४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगरर बजार, भीमदत्त–९ तुम्डाणी, भीमदत्त– ११ भुजेला, भीमदत्त–१७ बासखेडा, दोधारा चाँदनी–८ सुन्दरनगर र पुनर्वास–४ गुम्बाडाँडाबाट अवैध सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुुुसार भारतबाट भन्सार छलि ल्याइएको अन्दाजी तीन लाख ९४ हजार ८ सय १४ रुपैयाँ बराबरको चिनी, दाल, पेय पदार्थ, मोबिल, हेडसेट, साडी, टेन्टको कपडा, हार्डवेयर र कस्मेटिक समान बरामद गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार