महेन्द्रनगरमा खैरो हेरोइनसहित समातिए भारतीय, बेदकोटका युवक पनि फन्दामा

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बेलुका भीमदत्त नगरपालिका–३ भाँसी र बेदकोट नगरपालिका–५ बाट लागुऔषधसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यायल कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भीमदत्त–३ भाँसीबाट भारत लखिमपुरको पलियाका २८ बर्षीय बलराम सिंहलाई नियन्त्रणमा लिइएको छ।

शंका लागेर जाँच गर्दा सिंहको साथबाट १.८२ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको थियो। उनको साथमा ८ हजार एक सय नगद, एक थान मोबाइल पनि फेला परेको थियो।

बेदकोट नगरपालिका–५ पोलखरीबाट प्रहरीले लागुऔषधसहित अर्का युवकलाई पनि नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेदकोट–५ का २७ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरेको हो।

पोलखरीमा भेटिएका नेपालीलाई जाँच गर्दा उनको साथबाट ९ एम्फुल रेक्सोजोसिस र ९ एम्फुल फेनारगन लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

उता कैलाली प्रहरी पनि लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। सोमबार राति इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ मनहरा टोलका १९ वर्षीय कमल रिजाललाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो।

रिजालको साथबाट ५३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार