एकैदिन समातिए २२ जुवाडे [नामावलीसहित]

प्रकाशित:

कञ्चनपुर। कैलालीबाट एकैदिन २२ जना जुवाडे पक्राउ परेका छन। जिल्लाको धनगढी र अत्तरिया क्षेत्रबाट २२ जुवाडे पक्राउ परेका हुन्।

शनिबार धनगढी उप–महानगरपालिका ७ भानु चोक स्थित बिष्णु चौधरीको दुई तले घरको माथिल्लो तलामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको बताएको छ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका ७ का रामसिंह चौधरी, सुन्दर चौधरी, उमेश चौधरी, प्रकाश चौधरी, बश्सराम चौधरी र पुरन चौधरी रहेका छन्।

यस्तै धनगढी ७ कै अमर चौधरी, बिनोश चौधरी, आशाराम चौधरी, लक्ष्मण चौधरी,सिवन चौधरी र लालबहादुर चौधरी रहेका छन्।

उनीहरुको साथबाट नगद ३३ हजार ७५० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
शनिबार नै प्रहरीले गोदावरी नगरपालिका १ अत्तरिया स्थित बिजयनगरबाट १० जुवाडे पक्राउ गरेको थियो।

स्थानीय केशव सिंह गुरुङको घरमा जुवातास भईरहेको विशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले १० जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ६६ वर्षिय घर धनि गुरुङ सहित सोही वडाका ४२ वर्षिय निरज शाह, ४१ वर्षिय खगेन्द्र योगी, वडा नम्बर २ बस्ने ४० वर्षिय बुद्धी सापकोटा, ३७ वर्षिय नरेश रोकाया, ६३ वर्षिय मिन प्रसाद सिरिस र ४० वर्षिय मान बहादुर ऐरी तथा वडा नम्बर ४ का ५४ वर्षिय धिर्क बहादुर बम र ४० वर्षिय विजय चौधरी रहेका छन्।

जुवाखालबाट प्रहरीले ३१ हजार ३ सय ७० रुपैयाँ नगद समेत फेला पारेको छ।

ताजा समाचार

सम्बन्धित समाचार