कञ्चनपुर। बैतडीमा बसबाट खसेर सहचालक घाइते भएका छन्।
प्रहरीका अनुसार बसको ढोकाबाट खसेर मेलौली नगरपालिका–७ काडाँका १८ वर्षीय नविन भट्ट गम्भिर घाइते भएका हुन।
मेलौली नगरपालिका-१ प्रहरी चेक पोष्टस्थित महेन्द्रनगरबाट पञ्चेशवर जाँदै गरेको पवनदुत यातायातको बस रोक्न खोज्दा सहचालक भट्ट खसेका थिए।
घाइते भट्टलाई प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको छ। उनको कानबाट रगत बगिरहेको थियो।