कञ्चनपुरमा ५ लाख भन्दा बढी मूल्यको अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरका विभिन्न ठाउँबाट ५ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।

प्रहरीका अनुसार भीमदत्त–२ भासी, भीमदत्त–४ ट्राफिक चोक, भीमदत्त–१७ मझगाँउ, बेदकोट–१ चम्पापुर, दोधारा चाँदनी–१ पक्की पुल र बेलडाँडी– ३ बलराम टोलबाट अवैध सामान बरामद गरिएको हो।

भन्सार छलि ल्याइएको अन्दाजी ५ लाख १८ हजार रुपैयाँ बराबरको प्याज, चिनी, पेय पदार्थ, खानेतेल, धनियाँ, नरिवल, काजु, मैदा, दाल तथा किरानाका सामान बेबारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार