महेन्द्रनगर । गड्डाचौकीमा फ्रान्सेली नागरिकलाई स्वागत लगायतका कार्यक्रम गर्दै भीमदत्त नगरपालिकाले विश्व पर्यटन दिवस मनाएको छ ।
गड्डाचौकी स्थित अध्यागमन कार्यालय पुगेका पहिलो पर्यटक फ्रान्सेली नागरिक डा. सब्रिना डिजेलालीलाई खादा, माला र राष्ट्रिय ढाका टोपी लगाएर स्वागत सहित हात्ती सफारी समेत गराइएको छ ।
पर्यटनले हामीलाई जोड्ने काम गर्छ भन्दै देश विकासका लागि पर्यटन विकास आवश्यक रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए ।
त्यस्तै भीमदत्त-४ स्थित सिद्धनाथ मन्दिर परिसरमा सरसफाई गरिएको छ ।