महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तमा एक संस्थाले सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले भीमदत्त नगर क्षेत्रका २६ ओटा सामुदायीक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरिएको हो ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको भीमदत्त नगर ईकाई समितिले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै भीमदत्तका १३० विपन्न समुदायका विद्यार्थीलाई झोला सहितको शैक्षिक समाग्री वितरण गरेको नगर अध्यक्ष लोकराज पन्तले बताए ।
नगर अध्यक्ष पन्तका अनुसार भीमदत्त नगर क्षेत्रमा रहेका विपन्न, दलित, आदिवासी, जनजाती थारु समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री सहित स्कुल झोला वितरण गरिएको हो ।