पहिरोले कहा-कहाँ छन् सडक अवरूद्ध ?

प्रकाशित:

काठमाडौँ। बिहीबार रातिदेखि देशभर अविरल वर्षा भइरहेको छ। यो क्रम अझै आइतबारसम्मै रहने मौसमविद्ले बताएका छन्। देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ। झापा, मोरङका केही भाग डुबानमा समेत पर्न थालेका छन्।

पछिल्लो चौबीस घन्टामा झापाको चन्द्रगढी विमानस्थलमा २९७.४, अनारमनीमा २३४.८, इलामको कन्काइमा २६८.४, झापाकोक न्यामा १९२.४, झापाको अर्जुनधारामा १५६, इलामको बरफल्याङमा १५३.४, झापाको गौरादहमा २३९.२ मिलिमिटर वर्षा भएको छ। मोरङ विराटनगर विमानस्थलमा १९४ मिलिमिटर वर्षा भएको छ।

उदयपुरको सुन्दरपुरमा १५३.६, सप्तरीको रुपनी बजारमा १४४ मिलिमिटर वर्षा भएको छ। पाल्पालको अर्चलेमा १५७.२, पाल्पाकै जाल्पामा १५८.६, नवलपरासीको देउरालीमा १४२.६ मिलिमिटर वर्षा भएको छ।

वर्षाका कारण देशभरका विभिन्न राजमार्गमा अवरूद्ध भएको छन्। बिहीबार रातिदेखि परेको पानीले सबैभन्दा धेरै बाग्मती प्रदेशभित्रका राजमार्गमा असर पुर्‍याएको छ। मानवीय क्षति भने अहिलेसम्म नभएको प्रहरीले जनाएको छ।

वर्षाका कारणले बाग्मती प्रदेशमा ६ ठाउँमा सडक अवरोध पुर्‍याएको छ भने दुईवटा राजमार्ग दुईतर्फी नै बन्द गरिएको बाग्मती प्रदेशका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

उनकाअनुसार, हेटौंडा–काठमाडौंको राजमार्ग सडकमा ढुंगामाटो खसेर सडक अवरूद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सुकौरामा पहिरो खसेपछि दुवैतर्फ सवारीसाधन आवतजावत हुन सकेका छैनन्।

‘यहाँ बाटो पन्छ्याउने काम भइरहेको छ,’ डिएसपी बस्नेतले भने, ‘अहिलेसम्म मानवीय क्षतीभएको खबर प्राप्त भएको छैन।’

सिन्धुलीको मध्यपहाडी लोकमार्गको दुईतर्फी सडक अवरूद्ध भएको छ। गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा स्थित सडकमा ढुंगामाटो खसेर दुईतर्फी सडक अवरूद्ध भएको उनले बताए।

त्यस्तै काभ्रेको रोशी गाउँपालिका– ८ चारसयबेँसीस्थित बिपी राजमार्ग सडक खण्डमा लेदोसहितको पहिरो आएको छ। शुक्रबार बिहान ९ः१५ बजेदेखि आएको पहिरोले सडकखण्ड दुईतर्फी अवरोध भएको थियो। त्यसपछि प्रहरीको टोली खटिएर एकतर्फ बनाइएको छ।

बिपी राजमार्गको सुनकोशी गाउँपालिका–२ मा ढुंगामाटोले खसेर १२ बजेर १० मिनेटमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। अहिले उक्त ठाउँमा एकतर्फी सञ्चालनमा ल्याइएको डिएसपी बस्नेतले जानकारी दिए।

उनका अनुसार दुईबतिर लोदोसहितको माटो ढुंगा खसेर पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। धादिङको धुनवेशी नगरपालिका-९ पहिरोले सडक दुईतर्फै बन्द छ। भने, मकवानपुरको इन्द्रसरवर गाउँपालिका-३ मा पहिरो जाँदा सिस्नेरी दक्षिणकाली सडकखण्डपनि दिउँसो साढे १ बजेदेखि पूर्ण रूपमा बन्द छ।

बाग्मतीपछि सबैभन्दा बढी सडक अवरूद्ध लुम्बिनी प्रदेशमा छ। लुम्बिनी प्रदेशमा शुक्रबार दिउँसो दुईबजेसम्म तीनवटा सडक दुईतर्फी बन्द भएको छ।

लुम्बिनी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० माधवप्रसाद श्रेष्ठका अनुसार पूर्वपश्चिम राजमार्ग, सन्धिखर्क राजमार्ग र रूद्रबेनी गुल्मी सडकखण्ड राजमार्ग पूर्णरूपमा बन्द भएका छन्।

कपिलबस्तुको शिवराज नगरपालिका–१ मा पहिरो खसेकाले पूर्वपश्चिम राजमार्ग बिहानदेखि पूर्णरूपमा बन्द छ। त्यहाँको पहिरो पन्छ्याउने काम भइरहेको छ।

त्यस्तै, अर्घखाचाँखी नगरपालिका वडा नम्बर ६ मा स्थित सन्धिखर्क खडक खण्डमा पहिरोले सडकमा सवारी आवतजावपत पूर्ण बन्द छ। भने गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर ६ मा रूद्रबेनी खोलामा पानीको बहाव बढेकाले लोकमार्ग अर्थात गुल्मी सडक खण्ड अवरूद्ध भएको एसएसपी श्रेष्ठले जानकारी दिए।

‘गुल्मीमा पानीको बहाव घटेपछि केही छिनमा सञ्चालनमा हुने अपेक्षा गरेका छौं,’ उनले भने, ‘अन्य ठाउँमा पहिरो पन्छाउन जेसिभी परिचालन भइसकेको छ।’

कोशी प्रदेशमा सडकमा अलिअलि पहिरो खसे पनि शुक्रबार दिउँसोसम्म कुनैपनि राजमार्ग अवरूद्ध नभएको प्रदेशका एसएसपी भीमबहादुर दाहालले जानकारी दिए। ‘अहिलेसम्म आवतजावत ठप्प हुनेगरी बाढी पहिरो आएको खबर प्राप्त भएको छैन,’ एसएसपी दाहालले भने।

मधेस प्रदेशका प्रहरी उपरीक्षक ९एसपी० सुबासचन्द्र बोहोराका का अनुसार कुनैपनि सडक अवरूद्ध भएको र डुबानमा परेको खबर प्राप्त नभएको बताउँछन्।

‘अहिले दिउँसोसम्म कुनै पनि ठाउँमा सडक अवरूद्ध भएको र डुबानमा परेको खबर आएको छैन,’ एसपी बोहोराले भने।

सुदूरपश्चिम प्रदेशमा बिहीबार राति बझाङको केही सडक खण्ड पहिरोले अवरोध पुर्‍याएको थियो। शुक्रबार बिहानै पन्छाइसकेको प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

‘राति अवरूद्ध भएको सडक बिहानै पन्छाइसक्यौं, अहिले कुनैपनि सडक बन्द छैनन्,’ उनले भने।

गण्डकी प्रदेशको प्रहरी नायव महानिरीक्षक दुर्गासिंहले पनि पानी परिरहेपनि कुनै पनि राजमार्ग अवरूद्ध नभएको जानकारी दिइन्। कर्णाली प्रदेशमा सडक अवरूद्धका घटना भएका छैनन्।

मौसमविद्हरूले आइतबार रातिसम्म वर्षाको सम्भावना औंल्याएका छन्। भारी वर्षा हुने सम्भावना रहेकाले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रीबस नचलाउन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार